दफा ५९
संयुक्त सञ्चालन कार्यक्रम
: विभागले स्थलहरूको एकीकरण गर्न आदेश दिएमा ठेकेदारले स्थलहरूको विकासको लागि संयुक्त सञ्चालन कार्यक्रम तैयार गर्न अन्य ठेकेदारहरूसँग मिल्नेछ र त्यस्तो कार्यक्रम स्वीकृतिको लागि तदारुकताका साथ विभागमा पेश गर्नेछ । त्यस्तो कार्यक्रम तदारुकताका साथ पेश नगरेमा वा विभागलाई मान्य नभएमा स्थलहरूको समक्ष विकास हासिल गर्न विभागले सम्बन्धित ठेकेदारहरूको खर्चमा संयुक्त सञ्चालन कार्यक्रम तैयार गर्ने वा गराउन सक्नेछ ।